भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता


२० चैत्र २०७८, आईतवार २०:१८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किनु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुग्नु भएको थियो ।

भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किनु भएको हो।

भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।

मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाउनु भएको थियो।

देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here