‘सहयोगी मनहरु नेपाल’को केन्द्रीय अध्यक्षमा भिमप्रसाद आचार्य


२० चैत्र २०७८, आईतवार २३:३७ मा प्रकाशित

झापा । सामाजिक संस्था ‘सहयोगी मनहरु नेपाल’को केन्द्रीय अध्यक्षमा भिमप्रसाद आचार्य सर्वसम्मत हुनु भएको छ ।

शनिबार झापाको दमकमा सम्पन्न पहिलो अधिवेशनले आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा नन्दकुमार चापागाई, उपाध्यक्षमा सुमनराज रिजाल र सिता अधिकारी,महासचिवमा बिष्णु उप्रेती, सचिवमा खिना निरौला,रीता अधिकारी, कृष्ण गौतम र कोषाध्यक्षमा स्मिता खनाल चयन हुुनु भएको छ ।

समितिको सदस्यहरुमा कमल रिजाल, बिनु भण्डारी,शोभा खत्री, बालकृष्ण वस्ताकोटी, सिता थापा, चन्द्रा उप्रेती चयन हुनु भएको छ । यस्तै समितिको लेखा संयोजकमा पुष्पराज भट्टराई र सदस्यमा दुर्गाखदेवी खरेल र नानु पंगेनीलाई चयन गरेको छ । यो समितिको कार्यकाल २ वर्षको हुनेछ । सामाजिक संस्था ‘सहयोगी मनहरु नेपाल’ले सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ ।

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here