६५ औँ राष्ट्रिय सहकारी दिवसमा पुरस्कार र सम्मान


२० चैत्र २०७८, आईतवार १९:३५ मा प्रकाशित

इलाम । मर्याादित ब्यबसाय र प्रबिधिमा सहकारी भन्ने नाराका साथ ६५ औँ राष्ट्रिय सहकारी दिवस इलाममा मनाइएको छ ।

दिवसको अवसरमा जिल्लाभरमा रहेका उत्कृष्ट सहकारी संस्थालाई पुरस्कृत गरिएको छ । बचत तथा ऋण सहकारी संघले जिल्ला सहकारी संघको नेतृत्वमा मनाएको दिवसमा बिभिन्न बिधाका १६ वटा सहकारीलाई पुरस्कृत गरिएको छ ।

यस्तै सहकारीमा काम गर्दै सहकारीको ब्यबस्थापकिय पक्षमा उत्कृष्ट रहेका दुईजना ब्यबस्थापक र बचत तथा ऋण सहकारी संघको संस्थापक अध्यक्ष देवी ओझालाई मरणोपरान्त तथा संस्थापक कोषाध्यक्ष पूष्पा लिम्बूलाई सम्मान समेत गरिएको छ ।

पुरस्कृत संस्था र सम्मानित ब्यक्तिहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेत र जिल्ला सहकारी संघकी अध्यक्ष बिष्णु दाहालले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभयो ।
दिवसको अवसरमा प्रभात फेरी पनि निकालिएको थियो । सदरमुकामको ठूलो टँुडिखेलबाट सुरु भएको प्रभात फेरी इलाम बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।

सभामा बोल्ने अधिकाँश बक्ताले मुलुकमा तीनखम्बे अर्थनीति (सार्वजनिक, निजी र सहकारी)लाई सवसम्मत रूपले स्वीकार गरेको जनाउँदै यही नीतिको जगमा उभिएर मुलुकको अर्थतन्त्रलाई सुदृढ पार्नुपर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here