झापा । तनावरहित जीवनशैलीका लागि दुई दिने ध्यान शिविर शनिबार झापाको बिर्तामोडमा शुरु भएको छ।

अपार फाउण्डेशन तथा ओशो तपोवन काठमाडौंको आयोजनामा उक्त शिविर आयोजना गरिएको हो। झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले शिविरको उद्घाटन भयो।
शिविर उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले मान्छेको मन ठिक भए सबैकुरा ठिक हुने बताउनु भयो।
उहाँले ध्यानले मान्छेको जीवन शैलीमा परिवर्तन आउने बताउनु भयो।

आइतबार समापन हुने शिविरमा ओशो तपोवन काठमाडौंका स्वामी आनन्द अरतले प्रशिक्षण दिइरहनु भएको छ।

अपार फाउण्डेशन झापाकी अध्यक्ष बिष्णु मैनाली उप्रेतीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन फाउण्डेशनकी सचिव रजनी बजगाईंले गर्नु भएको थियो।

कार्यक्रममा फाउण्डेशनकी उपाध्यक्ष पार्वता खरेल बिमलीले स्वागत मन्तव्य दिनु भएको थियो।





