जनकपुरधाम । दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा हरियो झण्डा देखाएर उद्घाटन गरेको नेपाल रेल जनकपुरधाम आइपुगेको छ ।
शनिवार दिउँसो करिब १ बजे भारतको जयनगरबाट गुडेको रेल ३ बजे जनपकुरधाम पुगेको हो ।
जनकपुरधाम पुगेपछि छात्र–छात्राहरुले नेपाल र भारतको झण्डा सहित स्वागत गरेका थिए।
भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री देउवा र उहाँका समकक्षी मोदीले नयाँदिल्लीबाट रिमोट थिचेर रेलसेवाको शनिबार दिउँसो उद्घाटन भएको हो ।
आइतबारदेखि दिनहुँ दुई पटक रेल सञ्चालन हुनेछ। भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४.९ किलोमिटर रेल्वे सञ्चालन हुनेछ।





