निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ


१४ फाल्गुन २०८२, बिहीबार १६:४० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनका लागि देशका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ । 


कुटनीतिक नियोगका प्रमुखहरू, संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संघसंस्थाका आवासीय प्रतिनिधिहरू तथा विकास साझेदारहरूलाई सम्बोधन गर्दै भण्डारीले निर्वाचनका लागि स्म्पूर्ण तयारी पूरा भएको बताउनुभएको हो । उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन आयोग प्रतिवद्ध रहेको बताउनु भयो ।

निर्वाचनको सुचारु सञ्चालन र पर्यवेक्षणका लागि आयोगले निर्वाचन सूचना तथा समन्वय केन्द्र, कल सेन्टर र संयुक्त निर्वाचन सञ्चालन समिति स्थापना गरेको उहाँले जानकारी दिनुभया । साथै, निर्वाचनको समयमा फैलिन सक्ने भ्रामक सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति विरुद्ध आयोगले कडा कदम चालेको स्पष्ट पार्नुभयो । 

आयोगले सम्पूर्ण सरोकारवालालाई निर्धक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन र सहयोग गर्न आग्रह गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here