बिर्तामोड । प्रथम मेयरकप अन्तर पालिका स्तरीय कराते प्रतियोगिता शनिवार विर्ताबजारमा सम्पन्न भएको छ ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा झापाका भद््रपुर,हल्दिबारी,शिवसताक्षी,बिर्तामाड,बाह्रदशीलगायत विभिन्न तौल समुहका ९ वटा टिममा १ सय ५० जना महिला पुरुष खेलाडीको सहभागिता रहेको थियो ।
शुक्रवार देखि शुरु प्रतियोतिाको शनिवार भएको फाइनल खेल मा ३० केजि तौल समुहमा महिला तर्फ युनिसा न्यौपाने बिर्तामोड पहिलो ,वविशा चिमरिया अर्जुनधारा दोस्रो, दिस्या कार्की कनकाई तेश्रो भएका छन् । यस्तै ३५ केजि तौल समुहको महिला तर्पm आरुसी कुवर, शिवसताक्षी पहिलो, मिना राई हल्दिबारी दोश्रो,नुमा लिम्बु बिर्तामाड तेश्रो भएका छन् । महिला र्तफकै २० केजी तौल समुहमा रिता तिम्सिना शिवसताक्षी प्रथम, डिम्पल बोहोरा बिर्तामोड दोश्रो,निर्मला भटराई हल्दिबारी तेश्रो भएका छन् ।
यस्तै पुरुस तर्फ दिवस श्रेष्ठ बिर्तामोड पहिलो,दिलकुमार राई, शिवसताक्षी दोश्रो, मञ्जिल शाह भद््रपुर तेश्रो भएका छन् । महिला काता प्रदर्शनमा ऋ्रतु मुर्मु अर्जुनधारा पहिलो, संजिता राई विर्तामोड दोश्रो र स्यारोक तामाङ शिवसताक्षी तेश्रो भएका छन । यस्तै ४० के.जी तौल समुहमा महिला तर्फ पूर्णिमा मुर्मु अर्जुनधारा प्रथम, राजुनानी अधिकारी वितामोड दोश्रो र सरिना योङहाङ भद्रपुर तेश्रो भएका छन् ।
यस्तै ३५ केजी तौल समूहममा पुरुष तर्फ मनिस श्रेष्ठ विर्तामोड प्रथम, नवराज लम्जेल हल्दिबारी दोश्रो र नैतिक बिमली कनकाई तेश्रो भएका छन् । यस्तै ३० के.जी. तौल समूहमा पुरुष तर्फ सोम दियाली अर्जुनधारा पहिलो, दिपल नेम्वाङ्ग विर्तामोड दोश्रो र प्रतिक आचार्य शिवसताक्षी तेश्रो भएका छन् ।
यस्तै २५ के.जी. तौल समूह तर्फ मनिष लिम्बू भद्रपुर पहिलो, प्रिन्स कुर्मी शिवसताक्षी दोश्रो र आयुस राई भद्रपुर तेश्रो भएका छन् । विजेताहरुलाई मेडल,ट्रफी प्रमाण पत्र प्रदान गरीएको थियो ।





