नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ सँग जोडेर भइरहेको प्रचारबाजीप्रति आपत्ति जनाउनुभएको छ ।
आफू चितवन ३ मा केन्द्रित भएको भन्ने भनाइ गलत रहेको बताउनुभएको हो । दाहालले निर्वाचन प्रक्रिया शुरु भएदेखि आफू चितवन ३ मा नगएको स्पष्ट पार्नुभयो । चितवन ३ सँग आफूलाई अहिले जोड्नु भनेको आफू र नेकपाबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार रेणु दाहालमाथि अन्याय हुने जिकिर गर्नुभयो ।
उहाँले आफूले कुनै वक्तव्य वा अन्तर्वार्ता नदिए पनि त्यहाँ स्वाभाविक रुपमा बहस चलिरहेको बताउनु भयो । रेणु दाहालले विगत ९ वर्षमा गरेको काम नै उहाँको प्रचारको मुख्य आधार भएको दाहालको भनाइ छ ।
दाहालले छोरी रेणुको राजनीतिक सफलतामा आफ्नो प्रत्यक्ष हस्तक्षेप नरहेको र उनी आफ्नै कार्यसम्पादनका आधारमा अघि बढिरहेको बताउनु भयो ।






