झापाको मेचीनगर नगरपालिका ६ र मोरङको बिराटनगर महानगरपालिका १५ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका झापा कन्काई नगरपालिका ३ का ३० बर्षीय अरुण प्रधानलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को २५ प ७६५८ नम्वरको मोटरसाईकलमा भारत जोगवनीबाट नेपाल तर्फ आउदै गरेका सुनसरी इटहरी ४ का ४० बर्षीय राजेन्द्र केसिलाई ७ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।





