अमेरिकी रणनीतिक तेल भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न अमेरिकी राष्ट्रपति बाइडनको आदेश


१८ चैत्र २०७८, शुक्रबार ११:५३ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी रणनीतिक तेल भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिनु भएको छ।

इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरुप बाइडेनले दैनिक १० लाख ब्यारेलको दरले तेल निकाल्न र ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकाल्न आदेश दिनु भएको हो।

उक्त मात्रा सन् १९७४ मा रणनीतिक तेल भण्डार खडा गरिसकेपछि सबैभन्दा बढी भएको बताइएको छ । युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति सङ्कट टार्न अमेरिकाले आफ्नो भण्डारणबाट तेल निकाल्न लागेको हो ।

दैनिक १० लाख ब्यारल जति तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने भन्दै विज्ञहरुले रुसबाट निर्यात हुने इन्धनको अभाव यसले टार्न नसक्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here