झापा । झापाको भद्रपुरस्थित रुद्र-गौरी-श्री-अम्बिका ओेली प्रतिष्ठानले ४ विधामा ५ जना जनालाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिनु भयो।
प्रतिष्ठानले ४ वैशाखमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरि उहाहरु लाइ सम्मान गर्ने भएको छ।‘’ प्रतिष्ठानले २०६७ सालदेखि कृषि, साहित्य÷पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रलाई समेट्दै आएकोमा, नवौँ वर्षको यात्रा तय गरिरहँदा ५ लाख रुपेयाँ राशिको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’समेत थप गरेको छ ।
पहिलो पटक स्थापित श्रीप्रसाद ओली स्मृति राष्ट्रिय तथा अन्तर्राष्ट्रि प्रज्ञान पुरस्कारबाट हिमालयशम्शेर जबरा लाई पुरस्कृत गरिने भएको छ। नेपालमा पहिलो पटक विनिमय दरको व्यवस्था गरी विदेशी मुद्राको प्रचलनलाई निरुत्साहन गरी नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउन उल्लेख्य कार्य गर्नुका साथै नेपालमा स्वतन्त्र अर्थतन्त्रको जग बसाउन योगदान पुर्याएबापत उहालाई उक्त पुरस्कार वितरण गर्न लागेको प्रतिष्ठानले जनाएको छ।त्यस्तै, रुद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार ललितपुरस्थित ‘सुभद्रा-मदन फाउण्डेसन’ र ‘चन्द्रागिरि मेसिनरी लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
पुरस्कार राशि १ लाख १ हजार १११ रुपैयाँ रहेको छ । कृषि क्षेत्रको व्यावसायिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उहारूलाई पुरस्कृत गर्न लागिएको हो । फाउण्डेसन संस्थापक अध्यक्ष कृषिविज्ञ मदन राईको अग्रसरतामा ५० भन्दा बढी जिल्लाका बालबालिकालाई समावेशी ढंगबाट विगत ७ वर्षदेखि खोटाङ जिल्लामा जीवन उपयोगी व्यावहारिक ज्ञानसहित व्यावसायिक कृषिलगायतका विषयमा शिक्षा प्रदान गरी श्रमप्रति सम्मान गर्ने प्रवृत्ति विकासका गर्न अनवरत क्रियाशील छ । यस्तै, संस्थापक अध्यक्ष गोविन्द भक्त श्रेष्ठको नेतृत्वमा सञ्चालित सानादेखि ठूला कृषि औजार उत्पादन गरी देशको कृषि क्षेत्रमा तथा अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको छ ।





