व्यापारीद्वारा सडक अवरुद्ध: बिर्तामोडको कपडा पसलमा राजश्व अनुसन्धानको छापा


१७ चैत्र २०७८, बिहीबार १५:३८ मा प्रकाशित

बिर्तामाेड ।  सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान कार्यालयले झापाको बिर्तामोडमा रहेको एउटा कपडा पसलमा छापा मारेपछि व्यापारीले बिहीबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

बिर्तामोडमा रहेको साह कपडा पसलमा राजश्व अनुसन्धान कार्यालयले बिहीबार छापा मारेको थियो।

पसलमा बच्चा मात्र रहेको अवस्थामा उक्त कार्यालयले छापा मारेर पसलमा सिलबन्दी गरेकोमा विर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वमा सडक अवरुद्ध गरेको संघका महासचिव अर्जुनकुमार मैनालीले बताउनु भयो।

पसलमा ठूला मान्छे नभएको बेलामा राजश्व कार्यालयको पसल सिलबन्दी गर्ने काम अन्यायपूर्ण भएको व्यापारीहरूले बताएका छन्।

बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा प्रवक्ता सन्जिव घिमिरेले वाणिज्य संघकै नेतृत्वमा छापाविरुद्ध आन्दोलन उत्रेको बताउनु भयो।

प्रधानमन्त्री कार्यालय मातहतमा रहेको उक्त कार्यालयले राजश्व छलीको विषय हेर्ने र अदालतमा मुद्दा दायर गर्ने आन्तरिक राजश्व विभागका अधिकारीहरूले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here