झापा । झापाको मेचीनगर नगरपालिका ६ बाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ती गाउपालिका ४ का ४३ बर्षीय किशोर सुनुवार र काठमाण्डौ महानगरपालिका ५ का ३१ बर्षीय सन्त महर्जन रहेका छन ।
बिहीबार बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३/०१/००६ ख ०६२६ नम्वरको बसमा सवार रहेका सुनुवार र महर्जनको साथबाट प्लास्टिकमा पोको पारी झोलामा लुकाई राखेको २८ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिवन्धित ब्राउनसुगर सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ





