झापा, चैत १६ । निर्वाचन आयोगले चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ।
यसअघि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति प्रक्रियाका कारण आचारसंहिता कार्यान्वयनको समय केही दिन पर धकलिएको आयोगले जनाएको छ।
आचारसंहिता उल्लंघनका घटनाको उजुरीका लागि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नहुँदा समस्या हुने भएकाले आचारसंहिता लागु गर्न केही ढिला भएकोे निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबारदेखि शुरु गर्ने निर्वाचन आयोगको तयारी छ।





