इटहरी, १५ चैत । सुनसरीको इटहरीमा गए राति सुतली बम बिस्फोट भएको छ।
इटहरी-२ को नवजागृति टोलमा सुतली बम विस्फोट हुँदा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले दिएको जानकारी अनुसार इटहरी २ नवजागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा विस्फोट भएको हो।
श्रेष्ठको घरमा डेरा गरी बस्ने २२ वर्षीय २२ बर्षिया रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ बर्षिया शेरजंग गुरुङ घाइते भएका छन्।
गए राति करिब साढे १० विस्फोटक पदार्थ विस्फोट भएको हो।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





