सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो


८ चैत्र २०७८, मंगलवार १२:१४ मा प्रकाशित

झापा, चैत ८ । सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज आठ सय रुपैयाँ बढेर एक लाख तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय ३६ डलर आसपासमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ हिजोको तुलनामा २० रुपैयाँ बढेर एक हजार तीन सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here