पीएनजविरुद्ध नेपालको बलिङ


८ चैत्र २०७८, मंगलवार १२:०९ मा प्रकाशित

काठमाडौं, चैत ८ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

सिरिज अन्तर्गत नेपालले पीएनजीविरुद्धको पहिलो खेलमा जित हात पारेको थियो ।

नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो ।

तर नेपालले युएईविरुद्धको दुबै खेलमा पराजय भोगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here