काठमाडौँ, चैत ८ । मंगलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुबीच छलफल भएको हो।प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले नेताहरुबीच स्थानीय निर्वाचनका साथै समसायिक विषयमा छलफल भएको थियो। नेताहरुबीच करिब १ घण्टा लामो छलफल भएको थियो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले छलफलमा प्रचण्डले द्वन्द्वकालीन समयका घाइते, अपांग योद्धाहरुको विषयमा प्रधानमन्त्रीसमक्ष पाँच बुँदे ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।





