नेपालमा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि


६ चैत्र २०७८, आईतवार १७:२४ मा प्रकाशित

काठमाण्डौ, चैत ६ । नेपालमा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

चार हजार ६१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८२ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

हाल नेपालमा तीन हजार दुई सय ४१ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ६ सय ८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here