मेरो प्राथमिकता मानसिक स्वास्थ्य र वैदेशिक रोजगारीमा गएका नागरिकको स्वास्थ्य होः मन्त्री गौतम


१६ माघ २०८२, बिहीबार १२:२७ मा प्रकाशित


काठमाडौं । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री हुँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताउनुभएको छ । 


बिहीवार काठमाडौंमा आयोजित ६४ औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएर आफू अघि बढिरहेको बताउनु भयो ।

वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्य, मातृशिशु मृत्युदरका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले प्रणालीको सुधार पनि आफ्नो मुख्य प्राथमिकता रहने जिकिर गर्नुभयो । मन्त्री गौतमले बीमा कार्यक्रम, औषधि नियमन, खरिद विक्रीमा र आपूर्तिको विषय सुदृढ बनाउने आफ्ने लक्ष्य रहेको बताउनु भयो । 

मन्त्री गौतमले जीवनको हरेक चरणमा आफूले आफूलाई प्रमाणित गर्दै लैजानुपर्ने बताउनु भयो । नर्सिङ एशोसिएशन नर्सहरुको हक हीतको लागि भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here