अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आइतबार संसदमा टेबल हुन दिने निर्णय भएको बताउनुभयो ।
आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अब सडकमा नभइ संसदमा गहन रुपमा छलफल भइ एउटा निष्कर्षमा पुग्ने बताउनुभयो ।
नेपाललाई एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले फागुन १६ गतेसम्मको समयसीमा दिएको छ ।





