झापा । नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा मोहन सुवेदी सर्वसम्मत हुनु भएको छ ।
संगठनको शनिबार बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनबाट सुवेदीको अध्यक्षतामा २५ सस्दीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको हो । समितिको उपाध्यक्षमा राजेन्द्र खतिवडा,महिला उपाध्यक्षमा सावित्रा दाहाल,सचिवमा टिका अधिकारी,सहसचिवमा रुपमान थलङ्ग र कोषाध्यक्षमा तेजकुमारी बराल रहनु भएको छ । यस्तै समितिको सदस्यहरुमा अम्विका भण्डारी,वानोकुमारी राजवंशी,प्रकाश गुप्ता,नारायण बस्नेत,गोमा पोख्रेल,खगेन्द्र मैनाली,गणेश तिम्सिना,निलम खरेल,थर्कमान भट्टराई,दुर्गा बराल,सुजित शाह,हरि चुँडाल,कृष्ण विश्वकर्मा,नमुना उप्रेती,गंगा उप्रेती,रीता वजगाई उप्रेती,जनिता राई र रेणुका भण्डारी रहनु भएको छ ।
अधिवेशनले सल्लाहकार समिति र जिल्ला प्रतिनिधि समेत छनोट गरेको छ । सल्लाहकार समिति संयोजकमा राजेन्द्र कडरीया र सदस्यहरुमा प्रेम पाण्डे,डिल्ली गौतम,तेजेन्द्र तामाङ्ग,संगीता अधिकारी,मदन आचार्य र जयराम चौलागाई रहनु भएको छ । यस्तै जिल्ला प्रतिनिधिमा सुवास वि.क,बाबुराम निरौला,ओम खड्का,अमृता हिङ्गमाङ्ग,अनु मोते,पदम घिमिरे,युगकुमारी भट्टराई,नरेन्द्र श्रेष्ठ,रोशन घतानी,प्रविण पौडेल रहनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पेशागत महासंघ नेपालको स्थायी कमिटि सदस्य तथा प्रदेश १ कमिटि अध्यक्ष देवराज कार्कीले ब्यानर पढेर अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेलको सभापतित्वमा सम्पन्न अधिवेशनमा बिर्तामोड नगरपालिकाका नगरप्रमख ध्रवकुमार शिवाकोटी,नेकपा एकाले विर्तामोड नगर कमिटि अध्यक्ष सुभास भट्टराई,विर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । नेपाल निजामती कर्मचारी संगठन कर्मचारीका हकहित र संरक्षणमा जुट्दै आएको छ ।





