झापा । बिर्तामोड नगरपालिकाले पोशाक वितरण कार्यलाई शुक्रवार पनि निरन्तरता दिएको छ ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतको टोलीले वडा नम्बर १०का ४ वटा विद्यालयमा पुगेर विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो ।
आज चमरधाप प्राथमिक विद्यालयमा ५६ जना,महेन्द्र ज्योति उच्च माध्यमिक विद्यालयमा ११५ जना,लक्ष्मीनारायण प्रा.विमा १६५ जना र विराट आधारभुत विद्यालयमा १५७ जना गरि जम्मा ३९३ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।संक्षिप्त कार्यक्रमका विच नगरप्रमुख शिवाकोटी,उपप्रमुख महतारा प्रसाई र शिक्षा शाखा प्रमुख भण्डारीले विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पोशाक हस्तान्तरण गर्नु भएको थियो ।
पोशाक वितरण कार्यक्रममा वडानम्बर १०का वडाध्यक्ष दुर्योधन गुरुङ्ग,कार्यपालिका सदस्य गीता पोख्रेल, शिक्षा अधिकृत केशरबहादुर खवास,जानुका रेग्मी,कर्मचारी मेनुका निरौला लगायत जनप्रतिनिधि,शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
बिर्तामोड नगरपालिकाले गत बुधबारदेखि सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ५ सम्मका विद्यार्थीहरुलाई स्कुल ड्रेस वितरण गर्दै आएको छ । नगरपालिकाले नगरका ११ वटा सामुदायिक विद्यालयमा पुगेर ड्रेस वितरण गरीसकेको छ ।





