झापा । सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि पोशाक वितरण गर्ने कार्यलाई बिर्तामोड नगरपालिकाले तिव्रता दिएको छ ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई,वडा नम्बर ९कि वडाध्यक्ष पवित्रा पाठक,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,शिक्षा अधिकृत जानुका रेग्मी,केशरबहादुर खवास,सिएस गार्मेन्ट उद्योगका सञ्चालक मोती गौतम सहितको टोलीले विहीबार वडा नम्बर ९का ३ वटा विद्यालयमा पुगेर पोशाक वितरण गरेको हो । दुर्गा माध्यमिक विद्यालयमा २१५ जना,देवकोटा आधारभुत विद्यालयमा ९४ जना र शहीद लक्ष्मी प्राथमिक विद्यालयमा १३७ जना विद्यार्थीलाई पोशाक वितरण गरीएको जनाइएको छ ।
सबै विद्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख शिवाकोटी र उपप्रमुख महातारा प्रसाईले प्रतिनिधिमुलक ढंगबाट एक छात्र,एक छात्रा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पोशाक हस्तान्तरण गर्नु भएको थियो । नगरपालिकाले सामुदायिक विद्यालयका नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि बुधबारदेखि पोशाक वितरण कार्यलाई अघि बढाएको हो । नगरपालिकाले बुधबार बिर्तामोड ६,७ र ८ नम्बर वडाका ४ वटा विद्यालयमा पुगेर ५६२ जना विद्यार्थीलाई पोशाक वितरण गरेको थियो ।
बिर्तामोड नगरपालिकाद्वारा विद्यार्थीलाई पोशाक वितरण कार्यमा तिव्रता
५ फाल्गुन २०७८, बिहीबार २०:३२ मा प्रकाशित





