चक्कु प्रहार गरी श्रीमतीको हत्या


२ फाल्गुन २०७८, सोमबार १६:२१ मा प्रकाशित

झापा, फागुन २ । झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौकस्थित एक व्यक्तिले चक्कु प्रहार गरि आफ्नो श्रीमतीको हत्या गरेका छन् ।

सोमबार बिहान साढे ५ बजे मोबायल बिगारेको बिषयमा ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी ३४ बर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका हुन् ।

चक्कु प्रहार गर्ने तामाङलाई सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । मृतकलाई आवश्यक कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here