धनकुटा, फागुन २ । धनकुटाको पाख्रिवास नगरपालिका ९ स्थित ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ ।
सोमबार बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ





