मेचीनगरको मगमग चाउचाउ उद्योगमा आगलागी, आगो निभाउने प्रयास जारी


२९ माघ २०७८, शनिबार १२:१३ मा प्रकाशित

झापा । माघ २९ ।  झापाको मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित  मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि उद्योगमा आगो लागेको हो ।

आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकलको प्रयोग गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले बताउनु भयो । आगो अझै नियन्त्रणमा आइनसकेको दाहालले बताउनुभयो।

ठूलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभाउन प्रयासरत छन्।

२०७५ सालमा एक अर्ब रुपैयाँको लगानीमा स्थापना भएको यो उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिनुभयो।

आगलागीबाट मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here