सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच आज छलफल हुँदै


२९ माघ २०७८, शनिबार १२:०५ मा प्रकाशित

काठमाडौं, माघ २९ । सत्ता–साझेदार दलका तीन शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल हुँदैछ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवा, नेकपा ९माओवादी केन्द्र० का प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ ।

अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ । तर, यसबारे सत्तारुढ गठबन्धनमा नै मतभेद रहेको छ । कांग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित एमसीसी पारित गर्नुपर्ने बताउँदै आइरहेको छ ।

आगामी प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी टेबल गर्ने तयारी गरिरहेको र यसैका लागि गठबन्धनमा सहमति खोजिरहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here