झापा, माघ २८ । झापाको कमल गाउँपालिका–४ स्थित पुर्व पश्चिम राजमार्गमा बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।झापा शिवशताक्षी–८ का ४१ बर्षीय नरबहादुर गहतराज को मृत्यु भएको हो ।
बिहिबार ३ बजे पुर्व तर्फ जाँदै गरेको मे १ च ११६७ नम्वरको बलेरोले बिपरित दिशा तर्फ आउदै गरेको मे ६ प २७१६ नम्वरको स्कुटरलाई ठक्कर दिदा गम्भिर घाईते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमक लाईफ लाईन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा संलग्न बलेरो र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।





