इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान


२६ माघ २०७८, बुधबार ११:४५ मा प्रकाशित

इलाम, माघ २६ । इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्वीनअटर विमानबाट बुधबार परीक्षण उडान गरिएको हो ।

नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार जहाज बिहान १० बजे विमानस्थलमा सुरक्षित अवतरण गरिइएको बताउनु भयो ।

पहाडी इलाकामा निर्मित यो सबैभन्दा कान्छो विमानस्थल हो । काठमाडौंबाट ५५ मिनेटको उडानमा जहाज इलाम पुगेको हो ।

यो विमानस्थलमा तारा एयरले १२ वटा उडान गर्ने गरी जिम्मेवारी लिइसकेको छ । इलाम नगरपालिकासँगको सहकार्यमा ताराले जहाज उडाउने भएको छ ।

इलामका लागि नियमित उडानको भाडा काठमाडौंबाट ८ हजार७ सय रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here