पशुपतिनाथ मन्दिर भक्तजनका लागि शुक्रबारदेखि खुला हुने


२७ माघ २०७८, बिहीबार ११:३१ मा प्रकाशित

काठमाडौं, माघ २७ । कोभिड–१९ को तेस्रो लहरका कारण माघको पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबारदेखि भक्तजनका लागि खुला हुने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

कोषले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत स्थलमा जनस्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा नबढ्ने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खोल्न लागेको जनाएको हो ।

सूचनामा विश्वस्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ ।

कोरोना संक्रमण बढ्न थालेपछि यही माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here