‘ए’ डिभिजन लिग : पुलिस र च्यासल प्रतिस्पर्धा गर्दै


२६ माघ २०७८, बुधबार ११:३० मा प्रकाशित

काठमाडौं । कोभिड–१९ को कारण स्थगित भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

यस अघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो । तर, च्यासलका खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।

आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् ।

लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ । च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here