झापा, माघ २३ । झापाबाट ब्राउनसुगरसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका १५ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउ का २५ बर्षीय मो.सुल्तान र २७ बर्षीय रन्जित गणेश रहेका छन् । शनिबार ३ बजे प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले १५ ग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।





