प्रमुख प्रशासकिय अधिकृत न्यौपानेलाई बिर्तामोडमा स्वागत


२३ माघ २०७८, आईतवार १८:३८ मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकिय अधिकृत विनोद न्यौपानेलाई स्वागत गरीएको छ ।
नगरपालिकाको सभाहलमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै प्रमुख प्रशासकिय अधिकृत न्यौपानेलाई स्वागत गरीएको हो ।उहाँलाई नगरप्रमुख ध्रवकुमार शिवाकोटी र उपप्रुमख पवित्रा महतारा प्रसाईले खादा लगाएर स्वागत गर्नु भयो । न्यौपाने सुनसरीको दुहवी नगरपालिकाबाट सरुवा भएर आइतबार बिर्तामोड आउनु भएको हो । प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहाल सरुवा भएर फिदीम नगरपालिका गएपछि रिक्त रहेको ठाउँमा आउनु भएका न्यौपानेले आइतबार देखिनै कार्यभार सम्हाल्नु भएको छ ।

स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बिर्तामोडमा जनप्रतिनिधि र कर्मचारी विच अहिलेसम्म कुनै पनि गुनासो नरहेको बताउनु भयो । देश विकासमा कर्मचारीको भुमिका मुख्य रहने भन्दै उहाँले अनुशासन र कर्तव्यमा ध्यान दिन आग्रह गर्नु भयो ।कर्मचारीकाकारण कुनै पनि सेवाग्राहीले दुःख पाउन नहुने भन्दै उहाँले मुस्कान सहितको सेवामा जोड दिनु भयो ।

यस्तै उपप्रमुख पवित्रा महातारा प्रसाईले बिर्तामोड प्रमुख प्रशासकिय अधिकृत विहिन भएको धेरै दिन भएकाकारण योजनाकाकामहरु धेरै थाँती रहेको बताउनु भयो । उहाँले बिर्तामोडमा धेरै चुनौती रहेको र त्यसलाई फेस गर्दै विर्तामोडलाई उदाहरणीय नगरकारुपमा विकास गर्नका लागि अघि बढ्न शुभकामना दिनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जनप्रतिनिधिसंग समन्वय गर्दै नगरपालिकाको विकासका काममा प्रार्थमिकताका साथ लाग्ने प्रतिवद्वता व्यक्त गर्नु भएको छ ।जनप्रतिनिधिको मुल्याङ्कन कर्मचारीकै कामले हुने भन्दैयसलाई व्यवस्थित ढंगले अघि बढाउने उहाँले बताउनु भयो ।उहाँले नगरपालिकामा अहिलेसम्म भएका विषयगत शाखाहरुको कार्यप्रगति विवरण हेरेर थप योजनाकासाथ अघि बढ्ने पनि बताउनुु भयो ।

नगरप्रमुख ध्रवकुमार शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख पवित्रा महातारा प्रसाईले स्वागत गर्नु भएको थियो ।कार्यक्रममा बिर्तामोड ५का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here