उपत्यकामा सङ्क्रमितको सङ्ख्या दोब्बर


५ माघ २०७८, बुधबार १२:०१ मा प्रकाशित

काठमाडौं, माघ ५ । काठमाडौं उपत्यका, सीमावर्ती जिल्ला र मुख्य सहरमा कोरोना सङ्क्रमण धेरै बढेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको छ ।

देशभर दैनिक पुष्टि हुने सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा झण्डै ५० प्रतिशत हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मङगलबार काठमाडौंमा मात्रै ४ हजार ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ९ सय ४७ र भक्तपुरमा ५ सय ७० जना सङ्क्रमित थपिएका छन् ।

काठमाडौं उपत्यका बाहिरका मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलालीमा सङ्क्रमण धेरै छ । यी जिल्लामा ५ सयभन्दा माथि सक्रिय सङ्क्रमित छन् ।

धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ र कञ्चनपुरमा पनि कोरोना सङ्क्रमित दैनिक बढिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here