अनुजालाई झापामा भब्य स्वागत


३ माघ २०७८, सोमबार १३:१३ मा प्रकाशित

झापा माघ ३ । द भ्वाइस अफ किड्स सिजन १ कि उपबिजेता अनुजा कडरियालाई आइतबार भद्रपुर बिमानस्थलमा भब्यताका साथ स्वागत गरिएको छ ।

कडरिया बन्धु सेवा समाज का अध्यक्ष हरि कडरिया, सोसियल वेलफेयर फाउण्डेसन सचिव विवेक शाह, युथ डेभलपमेन्ट हाउसका अध्यक्ष प्रज्वल कडरिया लगायत विभिन्न संघसंस्थाद्वारा विमानस्थल परिसरमा अनुजालाई सम्मान गरिएको थियो । विमानस्थलबाट चन्ड्रगढी चाराली हुँदै उनलाई बिर्तामोड गृहनिवासमा पुर्याइएको थियो ।

प्रतियोगिताको पहिलो चरण ब्लाइन्ड अडिसनमै चारैजना निर्णायकको कुर्सी फकार्उन सफल अनुजाले विभिन्न राउण्डमा धमाकेदार प्रस्तुति दिँदै ग्राण्ड फिनाली सम्मको यात्रा तय गरेकी हुन् ।

जादुमयी आवाजकी धनी झापा बिर्तामोडकी अनुजा शास्त्रीय संगित लगायत अन्य विद्यामा अब्बल छिन् । प्रतियोगितामा उनले एकपछि अर्को फरक विद्याका गितहरु गाउँदै निर्णायकका साथै आमदर्शकको मन जित्दै आइरहेकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here