काठमाण्डौ, माघ ७ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।
सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उहाँले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
६ महिने कार्यकाल सन्तोषजनक नभएको गुनासो भइरहँदा प्रधानमन्त्री देउवाले सम्बोधनमार्फत सरकारका उपलब्धिबारे जानकारी दिन लाग्नुभएको हो । देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।





