ट्रयाक्टरले किचेर चालकको मृत्यु


१४ पुष २०७८, बुधबार ११:५१ मा प्रकाशित

झापा, पौष १४ । झापाको झापा गाउँपालिका ४ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरले किचेर चालकको मृत्यु भएको छ ।

मङगलबार दिउँसो २ बजे मे १ त ४७०९ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टिेर दुर्घटना हुँदा चालक झापा गाउँपालिका ४ का २२ बर्षिय सुनिल हेमरनलाई ट्रयाक्टरको ईन्जिनले किच्दा निजको घटनास्थममै मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here