झापा, पुस १४ । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने हवाई उडानहरु प्रभावित भएका छन् ।
मंगलबार रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परेकाले उडान प्रभावित भएको हो ।
एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् ।हिमाली तथा पहाडी स्थानमा हिउँ परेका कारण उडान रद्ध भएका छन् ।





