बिर्तामोड नगरपालिका र सहारा नेपाल विच साझेदारी कार्यक्रमका लागि संझौता


१३ पुष २०७८, मंगलवार १९:४५ मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिका र सहारा नेपाल विच कृषि र शिक्षाको क्षेत्रमा साझेदारी कार्यक्रमका लागि संझौता भएको छ ।

मंगलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख धुर्वकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल,वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सीना, शिक्षा अधिकृत दिनेश प्रसाद आचार्य,कृषि शाखा प्रमुख राजेन्द्र कडरीया,पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहाल,जनप्रतिनिध सुरेन राजवंशी, सहारा नेपालका सहसचिव ज्ञानुनाथ मैनाली र सञ्चालक समिति सदस्य शंकर रिजालको उपस्थितिमा संझौतामा हस्ताक्षर भएको हो ।संझौतामा नगरप्रमुख धुर्वकुमार शिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल,सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरी र सहसचिव ज्ञानुनाथ मैनालीको हस्ताक्षर रहेको छ ।

शिक्षा तर्फ बालमैत्री,पुर्ण सरसफाई एवं प्रविधिमैत्री सिकाईको सिर्जना आचरणयुक्त तथा जीवनोपयोगि शिक्षाको परिकल्पना शिर्षकको संझौतामा बिर्तामोड नगरपालिकाको २८लाख ४० हजार रुपैयाँ र सहारा नेपालको १०लाख रुपैयाँ गरि ३८ लाख ४० हजार रुपैयाँको लागत साझेदारीमा शैक्षिक विकासका कार्यक्रमहरु हुने उल्लेख गरीएको छ ।कार्यक्रमहरुमा आधारभुत तह कक्षा १ देखि ५ सम्म प्रविधिमैत्री कक्षा व्यवस्थापन,प्रविधिमैत्री शिक्षण सिकाई कार्यक्रम लगायत छन् ।

यस्तै कृषि तर्फ पूर्वाधारयुक्त नगर,विषादी रहित कृषि र व्यवसायको अभिवृद्वी,सभ्य र स्वस्थ नागरिक,बिर्तामोड नरपालिकाको समृद्वी शिर्षकको संझौतामा साझेदारीमा बिर्तामोड नगरक्षेत्रभित्र कृषि र पशु उत्पादनका क्षेत्रमा काम गर्ने उल्लेख गरीएको छ । यस कार्यक्रमका लागि बिर्तामोड नगरपालिकाको २० लाख र सहारा नेपालको २० लाख रुपैयाँ गरि जम्मा ४० लाख रुपैयाँको लागतमा साना सिचाई कार्यक्रम अन्तर्गत मोटर बोरीङ्ग वितरण गरिने छ ।यस्तै बिर्तामोड नगरपालिकाको २५ लाख र सहारा नेपालको २५ लाख गरि ५० लाख रुपैयाँमा पशु विकास सम्बन्धि मासु पसल सुधार,गाईको भकारो तथा गोठ सुधार, बाख्राको भकारो तथा गोठ सुधार,बंगुरको भकारो तथा गोठ सुधार र कुटी काट्ने मेशिन च्याप कटर वितरण गर्ने कार्यक्रम छ । यस संझौताको अवधि २०७९ साल असार मसान्त सम्म रहेको जनाईएको छ ।

बिर्तामोड नगरपालिका र सहारा नेपाल विच विगत ३ वर्ष देखि विपन्न आवास,शिक्षा र कृषिको क्षेत्रमा साझेदारीमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।सहारा नेपालको केन्द्रीय कार्यालय बिर्तामोडमा नै रहेको हुनाले अन्य पालिकाहरुमा भन्दा बिर्तामोड नगरपालिकालाई नै बढी कार्यक्रममा फोकस गर्दै आएको सहारा नेपालका सहसचिव ज्ञानुनाथ मैनालीले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here