झापा, पुस ७ । झापाको बिर्तामोडमा स्कोडा ब्राण्डको चार पाङ्ग्रे सवारी बिक्रीका लागि सोरुम सञ्चालनमा आएको छ ।
झापा जिल्ला सहित नेपालमा स्कोडाको सवारी बिक्री बितरणसंगै सम्पूर्ण कामको जिम्वेवारी प्राप्त गर्दै हलेसी अटोमोबाइल्सले आधिकारीक सोरुम सञ्चालनमा ल्याएको हो ।
सोरुमको उद्घाटन आज बुधबार बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाई र एमएडब्लू स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गर्नु भएको थियो ।
नेपालका लागि युरोपको चर्चित अटोमोवाइल ब्राण्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले बिर्तामोडमा नयाँ स्टेट– अफ – द आर्ट थिएस (सेल्स, सर्भिस र स्पेयर्स) शुरु गरेसंगै झापासहित पूर्वी नेपालका सवारीका पारखीले अब स्कोडाको जुनसुकै कार हलेसी अटोमोबाइल्स बाटै सहजै लिन सकिने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लू स्कोडाले आफ्नो डिलर बिस्तार गरेसंगै झापाको बिर्तामोडमा पनि आवश्यकता महशुस गरेर यसको सोरुम सञ्चालनमा आएको बताइएको छ ।
९६ वर्षअघि चेक रिपब्लिकबाट सुरु भएको स्कोडाको कार एमएडब्लूले सन् २००८ बाट नेपालमा स्कोडा कार बिक्री बितरण गर्दै आएको छ ।
ग्राहकको सुविधाका लागि युरोपको चर्चित कारको पहुँचलाई सहजै उपलब्ध गराउने हिसाबले कम्पनीले बिर्तामोडमा सोरुम खोलेको एमएडब्लू स्कोडा डिभिजनका कार्यकारी निर्देशक अग्रवालले बताउनु भयो ।उहाँले बिर्तामोडमा नयाँ स्टेट– अफ – द आर्ट थिएस सञ्चालनमा ल्याउन पाउँदा खुशी लागेको बताउनु भयो । साथै उहाँले यसले पूर्वी नेपालमा कम्पनीको उपस्थिति बलियो बनाउने जनाउनु भयो ।
स्कोडाको नयाँ डिलर हलेसी अटोमोवाइलले दुई दिनेसम्म विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ समेत गर्ने बताइएको छ ।
यो अवधिमा स्कोडाकार बुकिङ गर्ने ग्राहकलाई आकर्षक क्यास डिस्काउण्ट, निःशुल्क सडक कर, एक्सचेन्ज बोनसको सुविधा रहेको हलेसी अटोमोवाइल्सका सञ्चालक चुडामणि पौडेलले बताउनु भयो । उहाँले सोरुमको औपचारिक उद्घाटन हुनुभन्दा अघि नै ३० वटा कार बिक्री भइसकेकाले आफू उत्साहित भएको बताउनु भयो । उत्कृष्ठ फिचरमा रहेका स्कोडा कार ३६ लाख ९० हजारदेखि एक करोड ६८ लाखसम्ममा खरिद गर्न सकिने सञ्चालक पौडेलको भनाई छ ।
सोरुम उद्घाटन सत्रमा स्कोडा खरिदकर्ता अम्विका पोखरेल र युवराज न्यौपानेलाई कारको चावी हस्तान्तरण गरिएको थियो ।
सोरुम उद्घाटन समारोहमा कम्पनीका एमएडब्लू ग्रुप डिरेक्टर देवाषिस मित्रा, सेल्स म्यानेजर विजय थापा, डिलर डेभलपमेन्ट मेनेजर आकाश विक्रम थापा र माार्केटिङ म्यानेजर विराज श्रेष्ठको समेत आतिथ्य रहेको थियो । सो समारोहमा कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी उपप्रमुख प्रसाई सहित नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले व्यवसायिक सफलताको शुभकामना दिनु भयो ।
सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सञ्चालक रुद्रबहादुर श्रेष्ठले गर्नु भएको थियो ।
स्कोडाको सोरुम बिर्तामोड सहित पोखरा, नारायणघाट, विरगञ्ज, बुटवल, जनकपुर, धनगढी र काठमाडौंमा रहेको बताइएको छ ।





