नेपाली कांग्रेसको दुई नम्बर प्रदेशमा मतदान सुरु


८ पुष २०७८, बिहीबार ११:४९ मा प्रकाशित

जनकपुरधाम, पुस ८ । नेपाली कांग्रेसको दुई नम्बर प्रदेशमा मतदान सुरु भएको छ ।

बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट रामसरोज यादवको उम्मेदवारी छ । प्रदेश सभापतिका दुई उम्मेदवारले मत हालेर मतदान सुरु गरिएको हो ।

हिजो मतदान गर्ने भनिए पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि सारिएको हो । विवादका क्रममा कुटाकुटसमेत भए पछि मतदानस्थल वरपर हिजोदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशमा ७२ सदस्यीय कमिटीका लागि १७४ जनाले उम्मेदवारी दिएका छन् ।

अन्तिम नामावलीअनुसार पाँच जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here