राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगद्वारा निर्वाचन अधिकृत नियुक्त


७ पुष २०७८, बुधबार ११:५४ मा प्रकाशित

काठमाडौं, पुस ७ । आगामी माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ।

प्रदेश नं. १ मा न्यायाधीश भरत लम्साल प्रदेश नं. २ मा ब्रजेश प्याकुरेल, बागमती प्रदेशमा डिल्लीरत्न श्रेष्ठ, गण्डकी प्रदेशमा श्रीकृष्ण भटृराई, , लुम्बिनी प्रदेशमा रीतेन्द्र थापा, कर्णाली प्रदेशमा राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशमा जयानन्द पनेरुलाई निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।

आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोगजनका लागि यही पुस १० गतेसम्म दल दर्ताका समय तोकेको छ। निर्वाचन कार्यक्रम अनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिदै छ। रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगले १ मनोनीत सदस्य बाहेक १९ जना सदस्यको निर्वाचन प्रक्रिया अगाडि बढाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here