झापा, पौष ७ । झापामा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–४ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कमल गाँउपालिका–५ का २१ बर्षिय निर्मल खवासको रहेका छन् । मंङगलबार राती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पुर्याईएको थियो । उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको हो ।
सवारी चालक धनकुटा नगरपालिका–१० का २७ बर्षिय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





