ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु


६ पुष २०७८, मंगलवार १३:३६ मा प्रकाशित

झापा, पौष ६ । झापामा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा झापा शिवसताक्षी– १० का ४० बर्षिय यामनाथ राय रहनु भएको छ । हिजो राती ८ बजे बिर्तामोड–१ स्थित पुर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते हुनु भएका रायको बिर्तामोड स्थित बि.एण्ड. सि.अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर–३ का रोसन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएरथप अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here