झापा, पौष ३ । धारिलो हरियार प्रयोग गरी कर्तव्य गरी ज्यान मार्ने १ जना ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक नगरपालिका १ का २० बर्षीय अर्जुन लिम्बु रहेका छन ।
मंसिर २९ गते दमक नगरपालिका ६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक २ का २५ बर्षीय तेज प्रकाश पराजुली धाराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धारिलो हतियारले काटेको रक्ताम्मे अवस्थामा पसल धनी सन्तोष पौडेलले फेला पारी उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।
लिम्बुलाई पौष १ गते प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानको क्रममा व्यक्तिगत रिसीबीको कारण खुल्न आएको छ । घटनामा प्रयोग भएका दशीका सामानहरु निजले आफ्नो भनि स्वीकार गरेका छन् । प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियारमा दाउ १ थान, झोला, कालो रंगको जुत्ता र अन्य कपडाहरु बरामद गरेको छ ।
पक्राउ परेका लिम्वुलाई सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको छ ।





