प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै


४ पुष २०७८, आईतवार १२:३१ मा प्रकाशित

काठमाडौं,पुस ४ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका समापति शेरबहादुर देउवाले आज सर्वदलीय बैठक आह्वान गर्नु भएको छ । संसदमा जारी अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

बैठक अपराह्न ४ बजे बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ ।

विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ ।

शुक्रवार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउने लगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गर्नु भएको थियो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने नजाने सो पार्टीका नेताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here