झापामा सवारी दुर्घटना, २ जनाको मृत्यु


१ पुष २०७८, बिहीबार १२:०६ मा प्रकाशित

झापा, पुष १ । झापामा सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटना परेर २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इलामको रोङ गाउँपालिका ६ बस्ने ३३ वर्षीय सन्तोष राई र सोही स्थान बस्ने अन्दाजी ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् ।

बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९३७ नम्बरको बस र विपरित दिशाबाट गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका सन्तोष र चन्द्रबहादुरलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा दई जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ । चन्द्रबहादुर सन्तोषले चलाएको मोटरसाइकलमा सवार रहेका थिए ।

बसका चालक ३१ वर्षीय सरोज ढकाल, बस र मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ । ढकाल इलाम चुलाचुली गाउँपालिका २ का बासिन्दा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here