बिर्तामोड नगरपालिका वडा नम्बर १ मा आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन


२९ मंसिर २०७८, बुधबार १८:५७ मा प्रकाशित

झापा, मंसिर २९ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन गरिएको छ ।

बुधबार विहान बिर्तामोडका नगरप्रमुख ध्रुर्वकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतरा, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल र वडाध्यक्ष अग्नी पाण्डेले संयुक्त रुपमा आधारभुत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो ।


वडा कार्यालय रहेको भवनबाटै स्वास्थ्य सेवा समेत दिइरहेको बिर्तामोड १ ले अव आफ्नै निजी भवनबाट सेवा प्रवाह गर्ने भएको छ । स्थानीय जग्गादाता दान बहादुर राउतले आधारभुत स्वास्थ्य केन्द्रका लागि १ कठ्ठा जग्गा उपलब्ध गराउनु भएको थियो । कार्यक्रममा जग्गा उपलब्ध गराएपछि स्वर्गवास हुनुभएका राउतलाई परिवार मार्फत सम्मान समेत गरिएको छ ।

२६ लाख ७२ हजार ३३० रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यस नयाँ भवनमा आधारभुत स्वास्थ्य उपचार गरिने स्वास्थ्य केन्द्रका प्रमुख चन्द्रकला प्रसाईले जानकारी दिनु भयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख शिवाकोटीले आधारभुत स्वास्थ्य केन्द्रमा सेवा थप गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

उद्घाटन कार्यक्रममा उपप्रमुख पवित्रा महतरा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल,वडाध्यक्ष अग्नी पाण्डेलगायत जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here