जर्मन सरकारद्वारा नेपाललाई ४१ लाख डोज खोप सहयोग


१ पुष २०७८, बिहीबार १२:२२ मा प्रकाशित

काठमाडौैं, पुष १ । नेपाललाई कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले ४१ लाख डोज खोप सहयोग उपलब्ध गराएको छ । साता जर्मनीद्वारा नेपाललाई १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र २१ लाख ७६ हजार ६५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत प्रदान गरेको हो ।

कोरोना महामारीसँग जुध्न जीवन बचाउने स्वास्थ्य सामाग्री तथा प्राविधिक सहयोगको निरन्तरताका रुपमा खोप सहयोग प्रदान गरिएको हो । यसका साथै यूनिसेफ मार्फत अतिन्यून तापक्रममा चिस्याउने फ्रिजर खरिद प्रक्रियामा समेत नेपाललाई जर्मनीले सहयोग प्रदान गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषगरी १२ देखि १८ वर्षका बालबालिकालाई लक्षित गरी ५७ जिल्लामा पुस ४ गतेदेखि खोप वितरण गर्ने योजना बनाएको छ । जर्मनीले विश्वव्यापी रूपमा कोभ्याक्स मार्फत उदीयमान अर्थतन्त्रहरू र विकासोन्मुख देशहरूलाई जम्मा १७।५ करोड कोपभड–१९ बिरुद्धको खोप उपलब्ध गराउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here